२२ माघ २०८२, बुधबार । February 4, 2026

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने



काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा निर्माण कार्य गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० का अनुसार राति ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन आंशिक रूपमा रोकिँदैछ। उक्त कार्य जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिने र यस अवधिमा वैकल्पिक व्यवस्था मिलाउन सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरू तयारी अवस्थामा रहनेछन्।

काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने उपत्यका प्रवेश गर्ने सवारी नौबिसेको खत्रपौवा पुलमा रोकिने छन्। वैकल्पिक मार्गका रूपमा सीतापाइला–भीमुढङ्गा–रामकोट–धार्के वा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ। रोकिएका सवारीहरू बिहान ३ बजेपछि मात्रै सञ्चालनमा ल्याइने छ।

उक्त समयमा लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न र नियम विपरीत गतिविधि नगर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ। एम्बुलेन्स र सुरक्षाकर्मीका सवारीसाधन भने अवरोधबिना सञ्चालनमा रहनेछन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल