२८ मंसिर २०८२, शनिबार । December 13, 2025

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने



काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा निर्माण कार्य गर्नुपर्ने भएकाले नागढुङ्गा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० का अनुसार राति ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन आंशिक रूपमा रोकिँदैछ। उक्त कार्य जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिने र यस अवधिमा वैकल्पिक व्यवस्था मिलाउन सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरू तयारी अवस्थामा रहनेछन्।

काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने उपत्यका प्रवेश गर्ने सवारी नौबिसेको खत्रपौवा पुलमा रोकिने छन्। वैकल्पिक मार्गका रूपमा सीतापाइला–भीमुढङ्गा–रामकोट–धार्के वा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ। रोकिएका सवारीहरू बिहान ३ बजेपछि मात्रै सञ्चालनमा ल्याइने छ।

उक्त समयमा लेन अनुशासन पालना गर्न, ओभरटेक नगर्न र नियम विपरीत गतिविधि नगर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ। एम्बुलेन्स र सुरक्षाकर्मीका सवारीसाधन भने अवरोधबिना सञ्चालनमा रहनेछन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले