१ माघ २०८२, बुधबार । January 15, 2026

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी



हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा पानीमा डुबेको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन।

प्रहरीका अनुसार ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी घाँस काट्ने मेसिन लिएर गइरहेको बेला अचानक कच्ची सडक भासिएर गाडी पानी जमेको खाल्डोमा बेपत्ता भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार गाडी भासिएको केहि सेकेन्डमै पुरै डुबिसकेको थियो।

मकवानपुरका डीएसपी श्यामु अर्यालले खाल्डोको पानी पम्प गरेर सुकाउने प्रयास गरिएको भए पनि वरपरको माटो खस्दै गएर खोजी कार्यमा कठिनाइ आएको जानकारी दिए। बाँस डुबाएर समेत गाडीको अत्तोपत्तो नपाएको र खाल्डोको छेउछाउ जान समेत नसकिने अवस्थामा रहेको उनले बताए। गाडी डुबेको स्थान नजिकै माछा पालनका लागि खनिएको बोरिङसमेत भासिएको हुँदा त्यसकै कारण जमिन कमजोर भएर भासिएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, गाडीमा सवार चालक र सहचालक भने भागेर सकुशल उद्दार भएका छन्। प्रहरीले स्थानीयवासीको सहयोगमा आइतबार पनि गाडीको खोजी कार्य जारी राख्ने जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले