५ बैशाख २०८३, शनिबार । April 18, 2026

हेटौंडामा सडक भासिँदा बेपत्ता गाडी अझै भेटिएन, खोजी कार्य जारी


२१ बैशाख २०८२, आइतबार  

309
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँ माछापोखरीमा शुक्रबार दिउँसो सडक भासिँदा पानीमा डुबेको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन।

प्रहरीका अनुसार ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी घाँस काट्ने मेसिन लिएर गइरहेको बेला अचानक कच्ची सडक भासिएर गाडी पानी जमेको खाल्डोमा बेपत्ता भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार गाडी भासिएको केहि सेकेन्डमै पुरै डुबिसकेको थियो।

मकवानपुरका डीएसपी श्यामु अर्यालले खाल्डोको पानी पम्प गरेर सुकाउने प्रयास गरिएको भए पनि वरपरको माटो खस्दै गएर खोजी कार्यमा कठिनाइ आएको जानकारी दिए। बाँस डुबाएर समेत गाडीको अत्तोपत्तो नपाएको र खाल्डोको छेउछाउ जान समेत नसकिने अवस्थामा रहेको उनले बताए। गाडी डुबेको स्थान नजिकै माछा पालनका लागि खनिएको बोरिङसमेत भासिएको हुँदा त्यसकै कारण जमिन कमजोर भएर भासिएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, गाडीमा सवार चालक र सहचालक भने भागेर सकुशल उद्दार भएका छन्। प्रहरीले स्थानीयवासीको सहयोगमा आइतबार पनि गाडीको खोजी कार्य जारी राख्ने जनाएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित