१३ श्रावण २०८३, बुधबार । July 29, 2026

कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु : ५ लाखभन्दा बढी विद्यार्थी सहभागी


२१ बैशाख २०८२, आइतबार  

54
Shares

काठमाडौं । देशभरका कक्षा १२ का विद्यार्थीहरूका लागि वार्षिक परीक्षा आइतबारदेखि सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी जेठ २ गतेसम्म जारी रहनेछ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा सञ्चालनका लागि नेपालभर १,५९० तथा जापानमा १ परीक्षा केन्द्र गरी कुल १,५९१ केन्द्र तोकिएको छ। काठमाडौंमा सबैभन्दा धेरै १६२ केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक/एक परीक्षा केन्द्र मात्र छन्। परीक्षा व्यवस्थित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब २,००० कर्मचारी, प्रत्येक केन्द्रमा एक कार्यालय सहयोगी तथा २० हजार सुरक्षाकर्मी परिचालन गरिएको बोर्डले जनाएको छ।

यस वर्ष नियमिततर्फ ३,९५,९०८ परीक्षार्थी र आंशिकतर्फ १,१५,६१७ जना गरी कुल ५,११,५२५ विद्यार्थी सहभागी हुँदैछन्। सबैभन्दा बढी विद्यार्थी काठमाडौँबाट ६८,१३३ जना र सबैभन्दा कम मनाङबाट ४५ जना सहभागी हुनेछन्। अपाङ्गता भएका विद्यार्थीका लागि विशेष सुविधा, कारागार तथा सुधारगृहमा रहेका विद्यार्थीहरूका लागि समेत परीक्षा दिने व्यवस्था गरिएको छ।

सुरक्षा र मर्यादा कायम राख्न परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडी र अन्य इलेक्ट्रोनिक उपकरण लैजान पूर्ण प्रतिबन्ध गरिएको छ। अध्यक्ष शर्माले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सबै विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर