१ माघ २०८२, बुधबार । January 15, 2026

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना



काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति अघि सारेको छ, जसअनुसार अब कृषि उद्यम परियोजनालाई नै धितो राखेर कर्जा उपलब्ध गराइनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रममा युवाहरुलाई कृषिमा आकर्षित गर्न कृषि उद्यमलाई प्रोत्साहन दिने स्पष्ट गरिएको छ। ‘कृषिमा उद्यम गर्न चाहनेका लागि भूमि, कृषि सामग्री, बीमा, अग्रिम खरिद सम्झौताजस्ता पक्षलाई समेट्दै समग्र बजार इकोसिस्टम निर्माण गरिनेछ,’ राष्ट्रपतिले सम्बोधनमा उल्लेख गरे।

त्यस्तै, कृषि क्षेत्रमा पाइलट परियोजना सञ्चालन गरी उद्यमशीलता प्रवर्द्धन गर्ने र अग्रिम खरिद सम्झौतामार्फत उत्पादनको बजार सुनिश्चित गर्ने नीति समेत सार्वजनिक गरिएको छ।

सरकारको यो कदमले युवा पुस्तालाई आधुनिक र व्यावसायिक कृषितर्फ आकर्षित गर्दै ग्रामीण आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले