२२ माघ २०८२, बुधबार । February 4, 2026

सरकारले पूर्वाधार आयोजनाको पुन: प्राथमिकीकरण गर्ने



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा सरकार पूर्वाधार विकासलाई पुनः प्राथमिकिकरण गर्दै नयाँ ढंगले अगाडि बढ्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्षका लागि विकास निर्माणका आयोजनालाई पुनः मूल्यांकन गरी क्रमबद्ध रूपमा अगाडि बढाइने उल्लेख छ । उनले विगतमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै विकासको गति, ढाँचा र संस्कृति नै परिवर्तन गरिने स्पष्ट पारे ।

यसक्रममा विगतमा घोषणा गरिएका परियोजनाहरूलाई वर्गीकरण गरी, के–कति आयोजना यस आर्थिक वर्ष वा संसदको कार्यकालमै सम्पन्न गर्न सकिन्छ भन्ने आधारमा समय तालिका तयार गरिनेछ ।

त्यस्तै, निर्माणाधीन तथा प्रस्तावित सबै आयोजना मूल्यांकन गरी स्रोतको सुनिश्चितता हुने योजनाहरूलाई मात्र अगाडि बढाइने र सम्भावना नदेखिएका आयोजनाहरूलाई स्थगित वा खारेज गरिने घोषणा पनि गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल