४ आश्विन २०८३, आइतबार । September 20, 2026

आज संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै


१९ बैशाख २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज दिउँसो संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत हुँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधानअनुसार यो कार्यक्रम हुन लागेको हो।

संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले बैठकको सम्भावित कार्यसूची तय भइसकेको जानकारी दिएका छन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूलाई दिउँसो २:४५ भित्र बैठकस्थलमा निर्धारित पोशाकसहित उपस्थित हुन आग्रह गरिसकेका छन्।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम देशको अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले तयार पारिएको बताइएको छ। सत्ता गठबन्धनभित्र यसबारेमा विस्तृत छलफल भइसकेको छ। युवामा आशा जगाउने, उद्यमशीलता प्रोत्साहन गर्ने, सीप विकास, स्टार्टअप तथा व्यवसायिक योजनालाई अघि बढाउने, सार्वजनिक खर्च विस्तार गर्ने र सुशासन कायम गर्ने विषयहरूलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुनेछ, जुन ‘प्रि-बजेट’ छलफलको रूपमा हुनेछ।

संविधानअनुसार सरकारले आगामी आर्थिक वर्षको पूर्ण बजेट जेठ १५ गते अर्थमन्त्रीमार्फत संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली