१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

आईपीएलः पञ्जाबलाई ठूलो झट्का ! ग्लेन म्याक्सवेल बाहिरिए


१८ बैशाख २०८२, बिहिबार  

306
Shares

एजेन्सी । आईपीएल २०२५ को रोमाञ्चक यात्राबीच पञ्जाब किंग्सका प्रमुख अलराउन्डर ग्लेन म्याक्सवेल सिजनको बाँकी खेल गुमाउने भएका छन्।

दाहिने हातको औंलामा चोट लागेपछि म्याक्सवेल प्रतियोगिताबाट बाहिरिएको पञ्जाबका कप्तान श्रेयस अय्यरले पुष्टि गरेका छन्। कप्तान अय्यरका अनुसार हाल म्याक्सवेलको स्थानमा नयाँ खेलाडी भित्र्याउनेबारे कुनै योजना बनाइएको छैन। म्याक्सवेल यो सिजन खासै लयमा देखिएका थिएनन्-६ इनिङ्समा उनले जम्मा ४८ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट मात्र लिन सकेका थिए। विशेषगरी पछिल्ला चार खेलमा उनले दोहोरो अंकमा रन बनाउनसमेत नसकेका थिए।

पञ्जाबले उनलाई पछिल्लो मेगा अक्सनमा ४.२ करोड भारतीय रुपैयाँमा टिममा समावेश गरेको थियो। म्याक्सवेल बाहिरिएसँगै पञ्जाब दोस्रो चोटपिडित खेलाडी गुमाएको छ-यसअघि लकी फर्ग्युसन पनि चोटका कारण टिमबाट बाहिरिएका थिए।

यद्यपि, बुधबारको खेलमा चेन्नईलाई पराजित गर्दै पञ्जाब किंग्सले अंक तालिकामा दोस्रो स्थानमा मजबुत पकड जमाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था