४ असार २०८३, बिहिबार । June 18, 2026

आईपीएल २०२५: प्लेअफ दौडबाट बाहिरियो चेन्नई


१८ बैशाख २०८२, बिहिबार  

63
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा चेन्नई सुपर किङ्सको यात्रा यस वर्ष यतिमै अन्त्य भएको छ ।

बुधबार पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई प्लेअफ सम्भावनाबाट बाहिरिएको हो । १० खेलमध्ये ८ हार व्यहोरेको चेन्नईले अब बाँकी खेलले समग्र अंकतालिकामा खास असर पार्ने छैन । यसैबीच, छैटौं जित निकाल्दै पञ्जाब भने शीर्ष चारको दौडमा बलियो बनिरहेको छ । १९१ रनको चुनौती पाएको पञ्जाबले १९.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

कप्तान श्रेयस अय्यरले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए । ओपनर प्रभसिमरन सिंहले ५४ रन जोडे भने प्रियान्श आर्या र शशांक सिंहले समान २३ रनको योगदान दिए । चेन्नईका बलरमध्ये मथिसा पथिराना र खलील अहमदले २–२ विकेट लिए भने नूर अहमद र रविन्द्र जडेजाले १–१ विकेट हात पारे ।

यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको थियो । कुनै बेला २०० रन पार गर्ने सम्भावनामा देखिएको चेन्नईको इनिङ अन्त्यतिर ढल्यो । साम करानले सर्वाधिक ८८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ३२ रन र जडेजाले १७ रन बनाए ।

१८औं ओभरमा करान आउट भएपछि क्रिजमा आएका एमएस धोनीले एक चौका र एक छक्का प्रहार गरे पनि लामो समय टिक्न सकेनन् । युजवेन्द्र चहलले धोनीलाई क्याच आउट गराउँदै त्यसपछि लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरे । उनले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिए ।

पञ्जाबका अन्य बलर अर्शदीप सिंह र मार्को यानसेनले २–२ विकेट लिए भने हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १–१ विकेट झारे । यस जितसँगै १० खेलमा १३ अंक बनाउँदै पञ्जाब तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने चेन्नई ४ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा