१ आश्विन २०८३, बिहिबार । September 18, 2026

देशभर वर्षा ! हावाहुरी र हिमपातले जनजीवनमा प्रभावित हुनसक्ने


१८ बैशाख २०८२, बिहिबार  

117
Shares

काठमाडौं । हाल देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा भने हावाहुरीको जोखिम रहेको जनाइएको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हल्का वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ