१४ श्रावण २०८३, बिहिबार । July 30, 2026

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन


१४ बैशाख २०८२, आइतबार  

18
Shares

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख हेर्ने’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

जीवन दिनुहुने आमाप्रति सम्मान प्रकट गर्दै मीठा–मीठा परिकारहरू खान दिएर र राम्रो लुगा लगाइदिएर आजको दिन विशेष रूपमा मनाइने चलन रहिआएको छ। शास्त्रअनुसार, आमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहनुहुन्छ। आमाबाट आशीर्वाद थापेर जीवनमा सुख, समृद्धि र सफलताको कामना गरिन्छ।

छोराछोरीहरू आज बिहानै उठी स्नान गरी आमालाई स्नेहपूर्वक विभिन्न परिकारहरू अर्पण गर्दै आशीर्वाद लिन्छन्। आमा दिवङ्गत भएका सन्तानहरूले भने तर्पण, पिण्डदान तथा सिदादान गरेर दिवङ्गत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दछन्। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, वैदिक सनातन परम्परामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको छ, जसले जन्म दिने आमा र जन्मभूमिको महत्त्व स्वर्गभन्दा पनि उच्च रहेको स्पष्ट पार्छ।

आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी अमूल्य जीवन दिने भएकाले उहाँप्रतिको ऋण शब्दले पनि चुकाउन नसकिने बताइन्छ। त्यसैले जीवित आमालाई खुसी बनाउने र दिवङ्गत आमाको सम्झनामा श्रद्धापूर्वक तर्पण र दान गरिने चलन रहेको छ। यसै अवसरमा काठमाडौँको मातातीर्थमा आज विशेष मेला पनि लागेको छ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीका अनुसार, मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसैबीच, केही स्थानहरूमा सूर्यग्रहण तथा गुरु अस्तको कारण आज आमाको मुख हेर्न नहुने भन्ने अफवाह फैलिएको भए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले त्यसलाई असत्य बताएको छ।

समितिका अनुसार, आज आमाको मुख हेर्न र श्रद्धा प्रकट गर्न कुनै बाधा छैन। आमाको अमूल्य योगदान र माया सम्झँदै आजको दिन प्रेम, श्रद्धा र कृतज्ञताका साथ मनाइँदैछ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर