२ माघ २०८२, बिहिबार । January 15, 2026

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !



काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः बढ्दो क्रममा रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम प्रायः सफा रहेको छ।

देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम सफा देखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य स्थानका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ, जबकि अन्य भू-भागमा मौसम प्रायः सफा देखि आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा सम्भावित छ। साथै, हिमाली भू-भागहरूमा पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ।

विशेषगरी लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heat Wave) आउने सम्भावना रहेकोले विभागले आवश्यक सतर्कता अपनाउन र बचावका उपायहरू अपनाउन आग्रह गरेको छ। जस्तै – अत्याधिक गर्मीमा लामो समय बाहिर ननिस्कनु, प्रशस्त पानी पिउनु, हल्का कपडा लगाउनु र विशेष सावधानी अपनाउनु अत्यन्त जरुरी छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले