४ असार २०८३, बिहिबार । June 19, 2026

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !


१४ बैशाख २०८२, आइतबार  

216
Shares

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः बढ्दो क्रममा रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम प्रायः सफा रहेको छ।

देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम सफा देखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य स्थानका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। रातिको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ, जबकि अन्य भू-भागमा मौसम प्रायः सफा देखि आंशिक बदली रहनेछ।

कोशी र मधेश प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा सम्भावित छ। साथै, हिमाली भू-भागहरूमा पनि एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ।

विशेषगरी लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर (Heat Wave) आउने सम्भावना रहेकोले विभागले आवश्यक सतर्कता अपनाउन र बचावका उपायहरू अपनाउन आग्रह गरेको छ। जस्तै – अत्याधिक गर्मीमा लामो समय बाहिर ननिस्कनु, प्रशस्त पानी पिउनु, हल्का कपडा लगाउनु र विशेष सावधानी अपनाउनु अत्यन्त जरुरी छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा