३० भदौ २०८३, मंगलबार । September 15, 2026

मेटाको दम्भसहितको फिर्ती ! सरकारले दियो ७ दिने अल्टिमेटम


१२ बैशाख २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मेटालाई ७ दिनभित्र नेपालमा दर्ता हुन अन्तिम मौका दिएका छन्।

उनले चेतावनी दिएका छन् कि यदि तोकिएको समयभित्र मेटाले दर्ता प्रक्रिया पूरा गरेन भने नेपालमा मेटाका सेवा (जस्तै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम) प्रतिबन्धित गरिनेछ। शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगको सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरूङले मेटासँग पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको गुनासो गरे।

उनका अनुसार मेटालाई दर्ता सम्बन्धी तेस्रो पटक सूचना दिइएको थियो, जसको म्याद हालै समाप्त भएको छ। मन्त्री गुरूङले नेपालबाट हरेक घण्टा ठूलो मात्रामा पैसा मेटाको खातामा गइरहेको उल्लेख गर्दै भने, “नेपालमा सबैभन्दा धेरै प्रयोग हुने फेसबुकजस्ता एप्सबाट पल–पलमा पैसा बाहिरिन्छ। यस्तो अवस्थामा मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्छ भन्ने हाम्रो माग हो।” उनले मेटाले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) भन्दा धेरै आम्दानी भएको घमण्ड देखाएको आरोप पनि लगाए।

“उनीहरू भन्छन्, नेपालको जिडिपी त यत्ति मात्र हो। हाम्रो कम्पनीभन्दा पनि सानो हो नेपाल ! तर मुलुकको स्वाधीनता पैसामा जोखिँदैन,” मन्त्री गुरूङले स्पष्ट पारे। उनका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्र औपचारिक रूपमा दर्ता भएका छन्। मेटाले पनि त्यही प्रक्रिया अपनाउनुपर्ने मन्त्रीको भनाइ छ।

अब हेर्न बाँकी छ — मेटा सात दिनभित्र दर्ता हुन्छ कि मन्त्री गुरूङको चेतावनी कार्यान्वयनमा जान्छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  २ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको