२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

नेपालसहित चार देशमा एमसिसी परियोजना नरोकिने


१२ बैशाख २०८२, शुक्रबार  

21
Shares

काठमाडौं । नेपालसहित चार मुलुकमा लागू भइरहेको मिलेनियम च्यालेन्ज कंम्प्याक्ट (एमसिसी) परियोजना यथावत् रहने भएको छ।

अमेरिकाको सरकारी दक्षता विभाग (Department of Operational Efficiency – DOE) ले खर्च कटौतीको कारण देखाउँदै केही समयअघि एमसिसीका कर्मचारीलाई इमेल पठाएर परियोजना स्थगनको सन्देश दिएको थियो। तर, हालसालै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एक एमसिसी कर्मचारीलाई उद्धृत गर्दै नेपाल, मंगोलिया, सेनेगल र आइभोरी कोस्टमा परियोजना नरोकिने स्पष्ट पारेको छ।

उक्त निर्णय अनुसार, यी चार देशमा पहिल्यै सम्झौता भइसकेको र कार्यान्वयन प्रक्रिया पनि सुरु भइसकेकोले परियोजना रोकिने छैन। एमसिसीका ती कर्मचारीका अनुसार, अमेरिकाको व्यापार, पूर्वाधार विकास तथा रणनीतिक हितलाई ध्यानमा राख्दै यी देशहरूमा परियोजना निरन्तरता दिने निर्णय गरिएको हो।

एमसिसी परियोजना अन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने भएको छ। सो अनुदानमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइनको निर्माणमा खर्च गरिनेछ भने बाँकी ५ करोड २० लाख डलर पूर्वपश्चिम राजमार्ग अन्तर्गत धानखोला–शिवखोला खण्डको सडक स्तरोन्नतिमा प्रयोग हुनेछ।

यस्तै, मंगोलियामा अत्याधुनिक पानी प्रशोधन प्लान्ट निर्माण भइरहेको छ, जसमा ३५ अर्बको लगानी गरिएको छ। यसले राजधानी क्षेत्रको पानी समस्याको दीर्घकालीन समाधान गर्ने र करिब ५५ प्रतिशत जनसंख्यालाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। सेनेगलमा विद्युत प्रसारण लाइन विस्तार परियोजना अगाडि बढाइएको छ जसमा ५५ अर्बको लागत रहेको छ। यसले ग्रामीण क्षेत्रसम्म विद्युत पहुँच विस्तार गर्नेछ।

आइभोरी कोस्टमा भने एमसिसी परियोजनाअन्तर्गत विद्यालय निर्माण कार्य भइरहेको छ। यद्यपि डोजको सूचनापछि नेपालमा एमसिसी परियोजना रोकिएको या नरोकिएको भन्ने विषयमा मिलेनियम च्यालेन्ज एक्जिक्युसन एजेन्सी (एमसिए) नेपालले सुरुमा केही औपचारिक प्रतिक्रिया दिएको थिएन।

तर, चैत ८ गते अमेरिकाबाट सबै कार्य नरोकिने स्पष्ट आदेश प्राप्त भएपछि एमसिएले विज्ञप्तिमार्फत जानकारी गराएको थियो। यस निर्णयसँगै नेपालमा एमसिसी परियोजना निरन्तरतामा ढुक्क हुन सकिने अवस्था देखिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१