२८ कार्तिक २०८२, बिहिबार । November 13, 2025

नेपालसहित चार देशमा एमसिसी परियोजना नरोकिने



काठमाडौं । नेपालसहित चार मुलुकमा लागू भइरहेको मिलेनियम च्यालेन्ज कंम्प्याक्ट (एमसिसी) परियोजना यथावत् रहने भएको छ।

अमेरिकाको सरकारी दक्षता विभाग (Department of Operational Efficiency – DOE) ले खर्च कटौतीको कारण देखाउँदै केही समयअघि एमसिसीका कर्मचारीलाई इमेल पठाएर परियोजना स्थगनको सन्देश दिएको थियो। तर, हालसालै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एक एमसिसी कर्मचारीलाई उद्धृत गर्दै नेपाल, मंगोलिया, सेनेगल र आइभोरी कोस्टमा परियोजना नरोकिने स्पष्ट पारेको छ।

उक्त निर्णय अनुसार, यी चार देशमा पहिल्यै सम्झौता भइसकेको र कार्यान्वयन प्रक्रिया पनि सुरु भइसकेकोले परियोजना रोकिने छैन। एमसिसीका ती कर्मचारीका अनुसार, अमेरिकाको व्यापार, पूर्वाधार विकास तथा रणनीतिक हितलाई ध्यानमा राख्दै यी देशहरूमा परियोजना निरन्तरता दिने निर्णय गरिएको हो।

एमसिसी परियोजना अन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने भएको छ। सो अनुदानमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइनको निर्माणमा खर्च गरिनेछ भने बाँकी ५ करोड २० लाख डलर पूर्वपश्चिम राजमार्ग अन्तर्गत धानखोला–शिवखोला खण्डको सडक स्तरोन्नतिमा प्रयोग हुनेछ।

यस्तै, मंगोलियामा अत्याधुनिक पानी प्रशोधन प्लान्ट निर्माण भइरहेको छ, जसमा ३५ अर्बको लगानी गरिएको छ। यसले राजधानी क्षेत्रको पानी समस्याको दीर्घकालीन समाधान गर्ने र करिब ५५ प्रतिशत जनसंख्यालाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। सेनेगलमा विद्युत प्रसारण लाइन विस्तार परियोजना अगाडि बढाइएको छ जसमा ५५ अर्बको लागत रहेको छ। यसले ग्रामीण क्षेत्रसम्म विद्युत पहुँच विस्तार गर्नेछ।

आइभोरी कोस्टमा भने एमसिसी परियोजनाअन्तर्गत विद्यालय निर्माण कार्य भइरहेको छ। यद्यपि डोजको सूचनापछि नेपालमा एमसिसी परियोजना रोकिएको या नरोकिएको भन्ने विषयमा मिलेनियम च्यालेन्ज एक्जिक्युसन एजेन्सी (एमसिए) नेपालले सुरुमा केही औपचारिक प्रतिक्रिया दिएको थिएन।

तर, चैत ८ गते अमेरिकाबाट सबै कार्य नरोकिने स्पष्ट आदेश प्राप्त भएपछि एमसिएले विज्ञप्तिमार्फत जानकारी गराएको थियो। यस निर्णयसँगै नेपालमा एमसिसी परियोजना निरन्तरतामा ढुक्क हुन सकिने अवस्था देखिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई