२ माघ २०८२, बिहिबार । January 15, 2026

२०७२ को त्रास अझै ताजा, रुकुमपूर्वमा फेरि भूकम्पको झट्का



काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७ः३४ बजे रुकुमपूर्वको रन्मामैकोट केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

पछिल्लो समय पश्चिम नेपालमा आइरहेका साना भूकम्पमध्ये यो पछिल्लो घटना हो। यो भूकम्प भूकम्प स्मृति दिवसको अघिल्लो दिन परेको हो। पछिल्ला महिनाहरूमा पश्चिम नेपालमा लगातार ससाना भूकम्प गइरहेका छन्। विसं २०८० कात्तिक १७ मा जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि त्यस क्षेत्र वरपर नियमित रूपमा कम्पन महशुस भइरहेको छ।

आज वैशाख १२ गते, ठीक १० वर्षअघि २०७२ सालको यही दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो। जसमा ८,९७९ जनाको ज्यान गएको थियो भने २२,३०९ जना घाइते भएका थिए। यस भूकम्पको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

सुरक्षित पूर्वाधार निर्माणको सन्देश फैलाउने उद्देश्यका साथ भूकम्प स्मृति दिवस मनाइँदैछ। काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाउने तयारी गरिएको हो।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले