३० आश्विन २०८३, शुक्रबार । October 17, 2026

आईपीएलमा बेंगलुरुको शानदार जित, राजस्थान ११ रनले पराजित


१२ बैशाख २०८२, शुक्रबार  

42
Shares

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ।

बिहीबार सम्पन्न खेलमा बेंगलुरुले राजस्थान रोयल्समाथि ११ रनको रोमाञ्चक जित दर्ता गरेको हो। बेंगलुरुले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो। कप्तान विराट कोहलीले ७० रनको आकर्षक इनिङ्स खेले भने देवदत्त पडिक्कलले पनि अर्धशतक (५० रन) जोडे। ओपनर फिलिप साल्टले २३ रन बनाए भने टिम डेभिडले २३ रनमा अविजित रहेर योगदान गरे।

जवाफमा राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रन मात्र बनाउन सक्यो। यशस्वी जैसवालले ४९ रन बनाए भने ध्रुव जुरेलले ४७ रनको संघर्षपूर्ण इनिङ्स खेले। नितिश रानाले पनि २८ रन जोड्दा राजस्थान जितको नजिक पुगेको थियो, तर अन्तिम क्षणमा लय गुमायो। शक्तिशाली सुरुवातपछि पनि राजस्थानले फिनिसिङ गर्न सकेन। पावरप्लेमै ७२ रन जोडेको टोलीले १० ओभरपछि ११३-३ को अवस्था बनाए पनि अन्तिम ओभरहरूमा दबाबमा आयो।

अन्तिम तीन ओभरमा ४० रन आवश्यक परेको अवस्थामा १८औं ओभरमा २२ रन आए पनि जोश हेजलवूडले १९औं ओभरमा केवल १ रन दिएर २ विकेट झारेपछि बेंगलुरुको जित सुनिश्चित भयो। बेंगलुरुका लागि हेजलवूडले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३३ रन दिँदै ४ विकेट लिए। क्रुनाल पान्ड्याले २ विकेट झारे भने भुवनेश्वर कुमार र यश दयालले समान १-१ विकेट लिए।

राजस्थानका लागि सन्दीप शर्माले २ विकेट लिए भने वानिन्दु हसरंगा र जोफ्रा आर्चरले १-१ विकेट लिए। यो जितसँगै बेंगलुरुले ९ खेलमा १२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यता, लगातार हार भोगिरहेको राजस्थान भने ९ खेलमा ४ अंक मात्र जोडेर आठौं स्थानमा सीमित भएको छ।

यससँगै राजस्थानको प्लेअफ यात्रा निकै चुनौतीपूर्ण बनेको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि