२ माघ २०८२, बिहिबार । January 15, 2026

बुटवलका सुदीप न्यौपानेको शव घर पुग्यो, त्रिवेणीमा अन्त्येष्टि गरिने



बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेको शव उनको घर ल्याइएको छ।

उनको पार्थिव शरीर बुटवलको कालिकानगरस्थित निवासमा राखिएको छ भने अन्त्येष्टि नवलपरासीको त्रिवेणी घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग हुँदै, त्यसपछि स्थल मार्ग भएर एम्बुलेन्समार्फत बुटवल ल्याइएको हो। बिहान भारतीय प्रशासनले रुपन्देही प्रशासनको रोहबरमा शव जिम्मा लगाएको थियो।

शनिबार सुदीप आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए। त्यही क्रममा भएको आतंकवादी हमलामा उनीसहित २७ जनाको ज्यान गएको थियो भने अन्य २० जना घाइते भएका छन्। सुदीपका बुवा बुटवल–१८ स्थित भवानी माविमा शिक्षक हुन्। उनी शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं गएका थिए। छोराको निधनको खबर पाएपछि उनी तत्काल बुटवल फर्किएका छन्।

यस घटनाले बुटवलमा शोकको छायाँ छाएको छ। स्थानीय स्तरमा शोक सन्देश तथा श्रद्धाञ्जली कार्यक्रम समेत आयोजना गरिने तयारी भइरहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले