४ आश्विन २०८३, आइतबार । September 20, 2026

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै


११ बैशाख २०८२, बिहिबार  

9
Shares

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस विविध कार्यक्रमहरूसहित मनाइँदैछ।

लोकतान्त्रिक आन्दोलनका क्रममा ज्यान आहुति दिने सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिँदै, लोकतन्त्र स्थापनाको इतिहासलाई स्मरण गरिएको छ। विसं २०६२र६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा कार्यकारी अधिकार त्याग गर्दै विघटित संसद् पुनःस्थापना गरिएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख ११ गते मनाइन्छ।

२०६३ वैशाख ११ गते पूर्वराजा शाहको सम्बोधनमा उल्लेख थियो – “राज्यशक्तिको मूल स्रोत नेपाली जनता हुन् र जनभावनालाई सम्मान गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरिएको छ।” उक्त घोषणाले निरङ्कुश शासन अन्त्य गर्दै जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा मुलुक अगाडि बढाउने मार्ग प्रशस्त गरेको थियो। जनआन्दोलनको जगमा दुईपटक संविधानसभा गठन भई, अन्ततः २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।

सो संविधानले नेपाललाई संघीय शासन प्रणालीमा प्रवेश गराएको हो, जसअन्तर्गत संघ, प्रदेश र स्थानीय तहका दुई–दुई पटक निर्वाचन भइसकेका छन्। संघीयताको अभ्याससँगै सेवा प्रवाह, स्थानीय तहमा विकास, र विपद्को बेला सहजीकरणमा तीन तहबीचको समन्वयले सकारात्मक परिणाम दिन थालेको छ।

लोकतन्त्र दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रिय समृद्धिको यात्रामा सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार लोकतन्त्रभन्दा प्रभावकारी शासन प्रणाली अर्को हुन नसक्ने स्पष्ट सन्देश हो।

२०६५ सालदेखि औपचारिक रूपमा मनाउन थालिएको लोकतन्त्र दिवस अब केवल एक दिनको उत्सव मात्र नभएर जनआन्दोलन, परिवर्तन, र नेपाली जनताको चेतनशीलताको गाथा बनिसकेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली