१६ श्रावण २०८३, शनिबार । August 2, 2026

देशभर तापक्रम बढ्दैः तराईमा अत्याधिक गर्मी र लुम्बिनीमा तातो लहरको सम्भावना


११ बैशाख २०८२, बिहिबार  

30
Shares

काठमाडौं । हाल देशभरको मौसममा स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप उच्च पहाडी तथा हिमाली क्षेत्र बाहेक अधिकांश भू–भागमा तापक्रम क्रमशः बढ्दै गएको छ। काठमाडौं उपत्यकाको तापक्रम पनि निरन्तर बढ्दो छ। महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।

तराईका भू–भाग, विशेषतः मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अत्यधिक गर्मीको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने सम्भावना छ, जसले जनस्वास्थ्यमा असर पार्न सक्ने अनुमान गरिएको छ। यता, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ।

कोशी र गण्डकीका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि हुन सक्छ। साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। आज रातिसमेत तराईका अधिकांश भागमा अत्यधिक गर्मी कायम रहनेछ भने पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।

गर्मीबाट बच्न पर्याप्त पानी पिउनु, छायाँमा बस्नु र घरबाहिर निस्कँदा छाता वा टोपी प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुनेछ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ८ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर