४ आश्विन २०८३, आइतबार । September 20, 2026

सरकारकोे नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने


१० बैशाख २०८२, बुधबार  

12
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा प्रस्तुत हुने पक्का भएको छ।

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग बुधबार सम्पन्न छलफलपछि उक्त मिति तय गरिएको हो। एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार यसपालिको तयारी विधि अघिल्ला वर्षहरुभन्दा केही फरक छ। उनका अनुसार यसपटक पहिला नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरी पारित गरिनेछ, अनि त्यसको आधारमा बजेटका प्राथमिकता तय गरिनेछ।

“पहिले बजेटको प्राथमिकतामा छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो, अहिले उल्टो प्रक्रियाबाट अघि बढ्ने तयारी हो,” बर्तौलाले स्पष्ट पारे। यसैबीच, बजेट अधिवेशन वैशाख १२ गतेदेखि सुरु हुने जनाइएको छ।

सरकारको नीति, योजना र आर्थिक दृष्टिकोणबारे बहस हुने यो अधिवेशनमा महत्वपूर्ण विषयहरू उठ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली