२ माघ २०८२, बिहिबार । January 15, 2026

कश्मिर आतङ्कवादी आक्रमणमा बुटवलका सुदीप न्यौपानेको ज्यान गयो



बुटवल । भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपाली युवाको दर्दनाक मृत्यु भएको पुष्टि भएको छ। २७ वर्षीय सुदीप न्यौपाने, बुटवल उपमहानगरपालिका वडा नम्बर १४ निवासी, सो आक्रमणमा ज्यान गुमाउने नेपाली हुन्।

वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार, उनीहरू नातामा काका–भतिज हुन्। वडाध्यक्षले दिएको जानकारीअनुसार, मंगलबार जब सुदीप अन्य परिवारजनसँग कश्मिर घुम्न गएका थिए, बाटोमा हिँड्दाहिँड्दै एक बन्दुकधारी समूहले “धार्मिक पहिचान” सोधेर सुदीपमाथि एकाएक गोली चलाएका थिए।

सुदीप, आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मिर गएका थिए। उनी धरानमा सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) अध्ययनरत विद्यार्थी थिए र हाल आमा र अन्य परिवारसँग बुटवल ११, कालिकानगरमा बस्दै आएका थिए।

यो घटनाले बुटवल लगायत सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ। बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले पनि सुदीपकै मृत्यु भएको पुष्टि गरेका छन् भने उहाँसँगै गएका अन्य परिवारजन सकुशल रहेको जानकारी वडाध्यक्ष न्यौपानेले दिएका छन्।

सुदीपको पार्थिव शरीर कश्मिरबाट दिल्ली, त्यसपछि काठमाडौं हुँदै बुधबार नेपाल ल्याइने तयारी भइरहेको छ। वडाध्यक्ष न्यौपाने अहिले सोही समन्वयको लागि काठमाडौं जाँदै छन्।

यो घटनाले विदेश घुम्न गएका एक युवाको जीवन यति क्रूर ढंगले अन्त्य हुनु केवल परिवारका लागि मात्र होइन, समग्र समाजका लागि गहिरो शोक र पीडाको विषय बनेको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले