२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आइपीएलः जितको शिखरमा दिल्ली ! राहुल र पोरेलको ब्याटिङले लखनउ धराशायी



एजेन्सी । केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट अर्धशतकको मद्दतले दिल्ली क्यापिटल्सले आइपीएल २०२५ मा छैटौं जित हात पारेको छ।

मंगलबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो। लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १८ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। केएल राहुलले अविजित ५७ रन र अभिषेक पोरेलले ५१ रन बनाए। कप्तान अक्षर पटेल पनि ३४ रनमा अविजित रहे। लखनउका लागि दुई विकेट एइडेन मार्क्रमले झारे।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन जोड्यो। एइडेन मार्क्रमले ५२ रन, मिचेल मार्शले ४५ रन र आयुष बदोनीले ३६ रनको योगदान दिए। सुरुवात बलियो भए पनि अन्त्यतिर रनको गतिमा गिरावट आएपछि लखनउ सन्तोषजनक स्कोर बनाउन चुक्यो ।

दिल्लीका लागि मुकेश कुमार सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा ३३ रन दिँदै ४ विकेट लिए। मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट हात पारे । यो जितपछि दिल्ली क्यापिटल्स ८ खेलमा १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

लखनउ सुपर जायन्ट्स भने ९ खेलमा १० अंक बटुल्दै पाँचौं स्थानमा कायम छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको