२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लिग–२ को तयारीमा नेपाल, ५२ खेलाडीसहित ‘कोर क्याम्प’ सुरु गर्दै


९ बैशाख २०८२, मंगलबार  

18
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप लिग–२ का लागि व्यापक तयारी थालेको छ ।

प्रारम्भिक चरणमा अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेको नेपालले आगामी सिरिजलाई लक्षित गर्दै ५२ खेलाडीसहित विशेष प्रशिक्षण क्याम्प सञ्चालनमा ल्याएको हो । लिग–२ अन्तर्गत नेपालले आउँदो जुन महिनाको पहिलो हप्तामा स्कटल्याण्ड र नेदरल्यान्ड्सविरुद्ध श्रृंखला खेल्ने कार्यक्रम रहेको छ ।

यही सिरिजको तयारीस्वरूप क्यानले खेलाडीहरुलाई ‘द कोर क्याम्प’मा सहभागी गराएको हो । क्याम्पमा सहभागी खेलाडीहरुलाई चारवटा टिममा विभाजन गरिएको छ— टिम ब्लु, टिम ग्रिन, टिम रेड र टिम एल्लो । टिम ब्लुको कप्तानी रोहित पौडेलले, टिम ग्रिनको आसिफ शेखले, टिम रेडको सन्दीप लामिछानेले र टिम एल्लोको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । प्रत्येक टिममा १३ जना खेलाडी रहेका छन् ।

पहिले ४८ खेलाडीलाई बोलाइएकोमा थप चार युवा खेलाडीलाई पनि समावेश गरिएको छ । नवप्रवेशी खेलाडीमा यू–१९ टोलीका कप्तान नरेन भट्ट, युवराज खत्री, सन्तोष यादव र कमलसिंह ऐरी रहेका छन् । यस विशेष प्रशिक्षण क्याम्प अन्तर्गत अभ्यास खेलहरु आगामी शनिबारदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछन् ।

अभ्यास खेलमा प्रत्येक टोलीले ६ खेल खेल्नेछ । त्यसभन्दा एक दिनअघि, नेपाली राष्ट्रिय क्रिकेट टोलीका हालै नियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल काठमाडौं आउने कार्यक्रम रहेको छ ।

नेपालको टोली निर्माण र प्रदर्शन सुधारका लागि क्यानको यो प्रयास निकै महत्वपूर्ण मानिएको छ, जसले अन्तर्राष्ट्रिय मैदानमा नेपालको प्रतिस्पर्धात्मक क्षमता मजबुत पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ