२ माघ २०८२, बिहिबार । January 15, 2026

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन चाहन्छु। तपाईंहरूले पटकपटक आन्दोलन गरेका, सम्झौता गरेका र धोका खाएका छन्, यसपटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।”

शिक्षकहरूको माग विद्यालय शिक्षा ऐनको सम्बन्धमा छ, जुन मागलाई सरकारसँग बारम्बार वार्ता गरे पनि समाधान भएको छैन। प्रचण्डले भने, “शिक्षकहरूले कुनै नयाँ कुरा मागेका छैनन्, पुरानो सम्झौताअनुसार ऐन बनाइदिनुपर्ने हो।” यस क्रममा उनले सरकारको गैरजिम्मेवारीको संकेत गर्दै एमालेकी नेतृ विद्या भट्टराईको राजीनामाको विषय पनि उठाए। “विद्या भट्टराईको राजीनामा सरकारको गैरजिम्मेवारीको नयाँ प्रमाण हो,” उनले भने।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक दृष्टिकोणको आलोचना गर्दै सरकारलाई बुद्धि पुर्‍याउन आग्रह गरे।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले