४ असार २०८३, बिहिबार । June 18, 2026

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा


९ बैशाख २०८२, मंगलबार  

144
Shares

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित सडकको बायाँ भागमा लगातार सुख्खा पहिरो खसिरहेका कारण यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हाल सो क्षेत्रमा दुवै तर्फका सवारी साधन रोकिन पुगेका छन् । सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जारा भित्ताबाट खसेको पहिरोले सडक पूरै थुनिएको हुँदा भित्ता काटेर बाटो बनाउनु पर्ने अवस्था आएको जानकारी दिए । सडक विस्तारको कामकै क्रममा पहिरो खसेको हो । दाउन्ने खण्डमा सडक चौडा बनाउने काम भइरहेकाले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात अवरुद्ध गरेर निर्माण कार्य हुँदै आएको थियो ।

तर आज आकस्मिक रूपमा पहिरो खस्दा दिनमै सडक ठप्प भएको हो । सयौँ सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । यथाशीघ्र पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा