२ माघ २०८२, बिहिबार । January 15, 2026

सुख्खा पहिरोले नारायणगढ–बुटवल सडक अवरुद्ध, सयौँ सवारी जाममा



नवलपरासी । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा खसेको सुख्खा पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित सडकको बायाँ भागमा लगातार सुख्खा पहिरो खसिरहेका कारण यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हाल सो क्षेत्रमा दुवै तर्फका सवारी साधन रोकिन पुगेका छन् । सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जारा भित्ताबाट खसेको पहिरोले सडक पूरै थुनिएको हुँदा भित्ता काटेर बाटो बनाउनु पर्ने अवस्था आएको जानकारी दिए । सडक विस्तारको कामकै क्रममा पहिरो खसेको हो । दाउन्ने खण्डमा सडक चौडा बनाउने काम भइरहेकाले दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात अवरुद्ध गरेर निर्माण कार्य हुँदै आएको थियो ।

तर आज आकस्मिक रूपमा पहिरो खस्दा दिनमै सडक ठप्प भएको हो । सयौँ सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । यथाशीघ्र पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले