२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सडकमा शिक्षकः आयो तेरो सर ! बाटो खाली गर


९ बैशाख २०८२, मंगलबार  

18
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा शिक्षकहरूको आन्दोलन अझै जारी छ।

मंगलबार पनि माइतीघरदेखि बबरमहल क्षेत्रसम्म सडकमा शिक्षकहरूको भिड देखियो, जहाँ उनीहरूले सरकारविरुद्ध सशक्त नाराबाजी गरे। ‘ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?’, ‘व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार’, ‘देशभरबाट आएका छौं, शिक्षा ऐन चाहिन्छ’ जस्ता नारा घन्काउँदै शिक्षकहरूले सरकारको नीति र उदासीनताप्रति आक्रोश पोखेका थिए।

शिक्षकहरूको माग स्पष्ट छ—विद्यालय शिक्षा ऐन कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने, सडक नछाड्ने, र विद्यालय नफर्किने। चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले सोमबारमात्रै शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा पछि पनि आन्दोलन नरोकिने बताएका छन्। उल्टै, ‘शिक्षा मन्त्री खोइ?’ भन्ने नारा अझै सशक्त बनाइएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि आन्दोलन स्थगित नहुने चेतावनी दिएका छन्। उनले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नजिकिँदै गर्दा पनि माग सम्बोधन नभएसम्म शिक्षकहरू विद्यालय नफर्किने बताए।

सरकारले परीक्षा सञ्चालनका लागि निजामती कर्मचारी परिचालन गर्ने तयारी गरिरहेको बेला अध्यक्ष सुवेदीले चित्त नबुझेको अभिव्यक्ति दिएका छन्-“यदि कर्मचारीबाटै परीक्षा लिने हो भने, उत्तरपुस्तिका परीक्षण पनि उनीहरूबाटै गराउनुस्।”

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ