५ बैशाख २०८३, शनिबार । April 18, 2026

नयाँ प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै


९ बैशाख २०८२, मंगलबार  

48
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट ल यही शुक्रबार नेपाल आइपुग्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ल अप्रिल २५ मा काठमाडौं ओर्लिने कार्यतालिका तय भएको छ। चैत १५ गते आधिकारिक रूपमा प्रशिक्षक नियुक्त गरिएका ५६ वर्षीय ल करिब एक महिनापछि नेपालको जिम्मेवारी सम्हाल्न आउन लागेका हुन्।

उनी नआउँदासम्मको अन्तरिम अवधिमा नेपालले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हङकङ सिरिज खेलेको थियो, जहाँ नेपाल उपविजेता बनेको थियो। स्टुअर्ट ल अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन्। प्रशिक्षकको भूमिकामा उनले सन् २०११ पछि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलादेश यू–१९, र अमेरिकाको टिमसँग काम गरिसकेका छन्।

उनको व्यापक अन्तर्राष्ट्रिय अनुभव नेपाली क्रिकेटका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। उनीभन्दा अघि नेपाली टिमका प्रमुख प्रशिक्षक भारतीय मूलका मोन्टी देशाइ थिए, जसले नेपालको प्रशिक्षण जिम्मा २०७९ माघदेखि २०८१ माघसम्म सम्हालेका थिए। देशाइको प्रशिक्षणमा नेपालले एतिहासिक रूपमा एसिया कप र १० वर्षपछिको टी–२० विश्वकपमा स्थान बनाएको थियो।

अब लको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले कुन दिशा लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित