६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

नयाँ प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आउँदै


९ बैशाख २०८२, मंगलबार  

48
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट ल यही शुक्रबार नेपाल आइपुग्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ल अप्रिल २५ मा काठमाडौं ओर्लिने कार्यतालिका तय भएको छ। चैत १५ गते आधिकारिक रूपमा प्रशिक्षक नियुक्त गरिएका ५६ वर्षीय ल करिब एक महिनापछि नेपालको जिम्मेवारी सम्हाल्न आउन लागेका हुन्।

उनी नआउँदासम्मको अन्तरिम अवधिमा नेपालले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा हङकङ सिरिज खेलेको थियो, जहाँ नेपाल उपविजेता बनेको थियो। स्टुअर्ट ल अष्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन्। प्रशिक्षकको भूमिकामा उनले सन् २०११ पछि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलादेश यू–१९, र अमेरिकाको टिमसँग काम गरिसकेका छन्।

उनको व्यापक अन्तर्राष्ट्रिय अनुभव नेपाली क्रिकेटका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। उनीभन्दा अघि नेपाली टिमका प्रमुख प्रशिक्षक भारतीय मूलका मोन्टी देशाइ थिए, जसले नेपालको प्रशिक्षण जिम्मा २०७९ माघदेखि २०८१ माघसम्म सम्हालेका थिए। देशाइको प्रशिक्षणमा नेपालले एतिहासिक रूपमा एसिया कप र १० वर्षपछिको टी–२० विश्वकपमा स्थान बनाएको थियो।

अब लको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले कुन दिशा लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि