२९ बैशाख २०८२, सोमबार । May 12, 2025

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब संयुक्त इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) सम्बन्धी रिट अब सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएपछि उक्त रिटलाई संयुक्त इजलासमा पठाउन आदेश दिइएको हो। अब यो मुद्दाको सुनुवाइका लागि संयुक्त इजलासको पेशी तोकिनेछ। लामिछाने हाल बुटवल उच्च अदालतको आदेशअनुसार सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्।

उनी गैरकानुनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य

विप्रेषणमा उत्साहजनक वृद्धि, विदेशी मुद्रा सञ्चितिमा सुदृढता

काठमाडौं । हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक विवरण

आज बुद्ध जयन्ती ! शान्ति, करुणा र अहिंसाको सन्देश दिने दिन

काठमाडौं । आज २५६९औँ बुद्धजयन्ती, भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व

अमेरिकी डलरको भाउ आज स्थिर, अन्य मुद्रा कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको