२ बैशाख २०८३, बुधबार । April 16, 2026

लामियन यमाललाई लाउरेस वर्ल्ड अवार्ड : वर्षको उत्कृष्ट उदाउँदो खेलाडी घोषित


९ बैशाख २०८२, मंगलबार  

9
Shares

काठमाडौं । बार्सिलोना र स्पेनका युवा मिडफिल्डर लामियन यमालले विश्व खेलकुदको प्रतिष्ठित सम्मान “लाउरेस वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ दि इयर” अवार्ड जितेका छन्।

सोमबार मड्रिडमा सम्पन्न लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड २०२५ मा १६ वर्षीय यमालले शानदार प्रदर्शनका आधारमा यो अवार्ड हात पारेका हुन्। उक्त कार्यक्रममा अमेरिकी जिम्नास्ट सिमोन बाइल्स र स्वीडेनी पोल भल्ट खेलाडी मोन्डो डुप्लान्टिसलाई वर्षका उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरिएको थियो।

बाइल्सले पेरिस ओलम्पिकमा तीन स्वर्ण र एक रजत पदक जितेकी थिइन्, भने डुप्लान्टिसले ओलम्पिकसहित वर्ल्ड इन्डोर च्याम्पियनसिपमा स्वर्ण जिती नौ पटक आफ्नै विश्व कीर्तिमान तोडे। यसै अवसरमा स्पेनिस क्लब रियल मड्रिडले “वर्ल्ड टिम अफ द इयर” को अवार्ड जित्न सफल भयो।

स्पेनका टेनिस दिग्गज राफेल नाडाललाई “स्पोर्टिङ आइकन अवार्ड” प्रदान गरियो भने अमेरिकी सर्फिङ खेलाडी केली स्लाटरलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड” दिइएको थियो। ब्राजिलियन जिम्नास्ट रेबेका एन्ड्रेडेले “कमब्याक अफ द इयर” अवार्ड पाएकी छिन् भने बेलायती माउन्टेन बाइक खेलाडी टम पिडककले “वर्ल्ड एक्सन स्पोर्ट्सपर्सन अफ द इयर” को अवार्ड जिते।

यसबाहेक, युयान जियाङलाई वर्षको उत्कृष्ट अपांगता भएका खेलाडीको रूपमा सम्मान गरिएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व