२ माघ २०८२, बिहिबार । January 15, 2026

थुनाको भित्ता पछाडिबाट सर्वोच्चसम्मको लडाइँ ! आज छुट्लान रवि ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।

सर्वोच्चले उक्त मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाइ गर्ने तयारी गरेको छ । रिट प्राथमिकतामा परेको हुँदा पहिलो नम्बरमै सुनुवाइ हुने बताइएको छ । यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी परेपनि ‘हेर्न नमिल्ने’ कारण देखाएर स्थगित गरिएको थियो ।

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि लामिछानेले उक्त आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

सोही निवेदनको सन्दर्भमा सर्वोच्चले जिल्ला र उच्च अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले