२ माघ २०८२, बिहिबार । January 15, 2026

कक्षा १२ को परीक्षा अन्योलमा ! आज बोर्ड बैठक बस्दै



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ।

विशेषगरी कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बैठक केही समयमै सुरु हुने छ र कक्षा १२ को परीक्षा नियमित रूपमा सञ्चालन गर्ने वा स्थगित गर्ने सम्बन्धमा ठोस निर्णय लिइनेछ। यसैबीच शिक्षा क्षेत्रमा आन्दोलन चर्किंदै गएको छ।

शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू निरन्तर आन्दोलनमा छन्। शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी छ। शिक्षकहरू माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरिरहेका छन्। सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।

शिक्षकहरूले १८ किसिमका शिक्षक पदलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने, शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

उनीहरूले माग पुरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडान लिएका छन्, जसले परीक्षाको भविष्य अझ अनिश्चित बनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले