४ असार २०८३, बिहिबार । June 18, 2026

आजको मौसम: केही स्थानमा वर्षा र हिमपातको सम्भावना


९ बैशाख २०८२, मंगलबार  

33
Shares

काठमाडौं । हाल देशमा स्थानीय वायू तथा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहँदा अन्य अधिकांश स्थानमा मौसम सफा रहेको छ।

दिउँसोको अवस्था
कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। साथै, अन्य प्रदेशका पहाडी भागमा पनि एक-दुई स्थानमा यस्तै अवस्था देखिन सक्छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको अवस्था
राततिर पनि कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान छ। यी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च भू-भागमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा