७ चैत्र २०८२, शनिबार । March 22, 2026

रविको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने


८ बैशाख २०८२, सोमबार  

18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) रिटमाथि आज सुनुवाइ हुन सकेन।

रिटको सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको थियो। तर, फुयाँलले यसअघि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दा हेरेका कारण आफूले यो रिट हेर्न नमिल्ने जनाएका छन्। आइतबार लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि सो आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरिएको थियो। उच्च अदालतले चैत २२ गते जिल्ला अदालतको धरौटी आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

त्यसविरुद्ध लामिछाने पक्षले सर्वोच्च अदालतमा ‘थुनुवा दफा ७३’ अनुरूप छुट्टै निवेदनसमेत दिएका छन्, जसमा सर्वोच्चले हालै सम्बन्धित निकायसँग कैफियत प्रतिवेदन माग गरिसकेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो