१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

विद्यालय शिक्षा ऐनको मागमा २० औं दिन पनि शिक्षकको शान्तिपूर्ण प्रदर्शन जारी


८ बैशाख २०८२, सोमबार  

21
Shares

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले आज २० औं दिन पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा सोमबार बिहान ९ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भएको हो। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई संयम, अनुशासन र मर्यादाका साथ जारी राख्न शिक्षकहरूलाई आग्रह गरेका छन्। गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन ऐन पारित नभएसम्म नरोकिने शिक्षकहरूको अडान रहेको छ।

उनीहरूले नाचगान र रचनात्मक कार्यक्रममार्फत आफ्ना माग प्रस्तुत गर्दै आएका छन्। अचानक बिहानैदेखि सडकमा शिक्षकहरूको उपस्थिति देखिएपछि ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। माइतीघर–नयाँ बानेश्वर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। वैकल्पिक मार्गका रूपमा नयाँ बानेश्वर–थापागाउँ–हनुमानस्थान रुट प्रयोग गर्न उपत्यका ट्राफिक प्रहरीले आग्रह गरेको छ।

शिक्षक नेताहरूका अनुसार दिउँसो राप्रपाको प्रदर्शनको जानकारी पाएपछि बिहानै प्रदर्शन गर्ने निर्णय गरिएको हो। यसले कार्यालय गएका कर्मचारी र विद्यार्थीहरूलाई आवतजावतमा कठिनाइ भएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर