२ माघ २०८२, बिहिबार । January 15, 2026

पाथीभरा यात्रामा भयावह दुर्घटना: बलेरोमा आगलागी, चारको ज्यान गयो



ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि फुङ्लिङबाट गइरहेको एक बलेरो गाडीमा अचानक आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा मे १च ३०११ नम्बरको बलेरो गाडीमा एक्कासि आगो लागेको हो। प्रहरीका सूचना अधिकारी विवेक बस्नेतले दिएको जानकारी अनुसार आगलागीमा परी ज्यान गुमाउनेमा ललितपुर–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल तथा गाडी चालक फुङ्लिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराई छन्।

घाइते हुनेमा ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य रहेका छन्। उनीहरूको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानअनुसार सडकमा खसेको विद्युत् तारमा गाडी अल्झिँदा आगो लागेको हो। बिहान करिब ५ बजे घटना भएको जनाइएको छ।

खबर पाउनासाथ प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले