२ माघ २०८२, बिहिबार । January 15, 2026

लिङ्देनसहितका राप्रपा नेता केही घण्टामै रिहा



काठमाडौं । निषेधित क्षेत्र तोड्दै सिंहदरबारभित्र प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको केही घण्टामै रिहा गरेको छ।

आइतबारको प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसँगै राप्रपाका नेता बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उनीहरू सबैलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको र पछि रिहा गरिएको जानकारी दिए।

राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन, पक्राउ परेका आफ्ना नेताहरूको रिहालगायत माग गर्दै निषेधित क्षेत्र तोडेर सिंहदरबारभित्र प्रदर्शन गरेको थियो।

पार्टीले सरकारप्रति विरोध जनाउन निरन्तर आन्दोलनको चेतावनी पनि दिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले