२५ माघ २०८२, शनिबार । February 8, 2026

एक्सन सुरु भयो, क्लाइम्याक्समा ब्रेक ! लिङ्देनसहितका नेता हिरासतमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भन्दै गरेको प्रदर्शन सकिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरू पक्राउ परेपछि आन्दोलन कमजोर बन्दै गएको हो। नेताहरूले सिंहदरबार परिसरमै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। त्यसपछि कार्यकर्ताहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखे पनि प्रदर्शन फितलो देखिएको थियो।

राप्रपाले निषेधित क्षेत्र अतिक्रमण गर्ने घोषणा गरेसँगै सुरक्षा व्यवस्था व्यापक रुपमा कडा पारिएको थियो। केही ठाउँमा सामान्य धकेलाधकेल भए पनि कुनै गम्भीर वा अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ। नेताहरूको पक्राउपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ, जुन आज साँझ ४ बजे बस्ने तयारीमा छ।

पक्राउ परेकाहरूमा अध्यक्ष लिङ्देनसँगै उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही छन्, जसलाई प्रहरीले भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल