४ असार २०८३, बिहिबार । June 18, 2026

राप्रपाको रणनीतिः प्रहरीले समाए सामूहिक गिरफ्तारी


७ बैशाख २०८२, आइतबार  

24
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

यद्यपि पार्टीले प्रहरीसँगको प्रत्यक्ष मुठभेडबाट टाढा रहने रणनीति लिएको छ। निषेधित क्षेत्र प्रवेशको योजना भए पनि आन्दोलन शान्तिपूर्ण हुने बताइएको छ। पार्टी स्रोतका अनुसार मुख्य कार्यक्रम बिजुली बजार क्षेत्रमा केन्द्रित हुनेछ। त्यहाँबाट केही नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रमा प्रवेश प्रयास गर्नेछन्।

यद्यपि, प्रहरी रोकेमा बलपूर्वक अगाडि बढ्ने होइन, भनी नेताहरूले स्पष्ट पारेका छन्। प्रहरीले अनावश्यक बल प्रयोग नगरेसम्म हाम्रो तर्फबाट कुनै भिडन्त हुनेछैन, एक नेताले बताए। यदि प्रहरीले धरपकड गर्न खोजेमा नेताहरू सामूहिक रूपमा गिरफ्तारी दिने तयारीमा रहेको जानकारी पनि दिएका छन्।

राप्रपाले ठूला जुलुस निषेधित क्षेत्रमा लैजाने योजना नरहेको जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत जनप्रदर्शन प्रतीकात्मक हुने बताएका छन्।

उनले सत्तारूढ पक्षलाई नडराउन आग्रह गर्दै, यो प्रदर्शन निरंकुश प्रवृत्तिविरुद्ध जनचेतनाको अभिव्यक्ति मात्र भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा