२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

अब आईपीओ भर्न ‘मेरो शेयर’ चाहिँदैन! सिटिजन्स बैंकले ल्यायो यस्तो धमाकेदार सुविधा


७ बैशाख २०८२, आइतबार  

819
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थपेको छ, जसअन्तर्गत अब बैंकका ग्राहकहरूले मोबाइल बैंकिङमार्फतै आईपीओ, एफपीओ, राइट शेयर तथा डेबेन्चरमा सिधै आवेदन दिन सक्ने भएका छन्।

बैंकले ‘माई आस्बा’ नामक नयाँ फिचर सार्वजनिक गर्दै सेयर आवेदन प्रक्रिया झन् सहज बनाएको हो। यो सुविधा बैंकिङ क्षेत्रमै पहिलोपटक ल्याइएको दाबी गरिएको छ। यसअघि अन्य बैंकका ग्राहकहरूले यस्तो आवेदन दिनका लागि ‘मेरो शेयर’ एपको प्रयोग गर्नुपर्ने हुन्थ्यो ।

बैंककी अधिकारी रोजीना तिवारीले नयाँ सेवाबारे जानकारी दिँदै भनिन्, “हामीले ग्राहकको सहजताका लागि यो फिचर सुरु गरेका हौं। अब ग्राहकहरूले मोबाइल बैंकिङ एपबाटै सेयर अप्लाइ गर्न सक्नेछन्। कुनै अतिरिक्त एप प्रयोग गर्न आवश्यक छैन।”

उनका अनुसार, आवेदन दिन ग्राहकसँग सिटिजन्स बैंकमा खाता हुनुका साथै डिम्याट खाता र मेरो शेयर खाता हुनुपर्छ। यद्यपि, डिम्याट र मेरो शेयर खाता अन्य निकायबाट खुलेको भए पनि चल्नेछ। तर, ती खातामा उल्लेखित नाम र मोबाइल नम्बर बैंक खातासँग मेल खानु पर्नेछ।

सेयर आवेदन प्रक्रिया यस प्रकार छ:

  • ग्राहकले मोबाइल बैंकिङ एप खोलेर ‘माई आस्बा’ अप्सनमा जानुपर्नेछ।
  • त्यसपछि आफ्नो ग्राहक रजिस्ट्रेसन नम्बर (CRN) रजिस्टर गर्नुपर्नेछ।
  • एकपटक रजिस्ट्रेसन गरेपछि, फेरि गर्नुपर्ने आवश्यकता पर्दैन।
  • एपमै उपलब्ध सेयरहरू देखिने छन् र त्यहीँबाट आवेदन दिन सकिनेछ।

तिवारीका अनुसार, यस प्रणालीबाट सेयर आवेदन गर्दा प्रक्रियाको अवस्था, आवेदन पुगेको वा नपुगेको विवरण तथा नतिजा समेत मोबाइल एपमै थाहा पाउन सकिन्छ।

सिटिजन्स बैंकले ग्राहकहरूको समय बचत र डिजिटल बैंकिङ सेवामा सुधार ल्याउने उद्देश्यले यस्तो सुविधा लागू गरेको बताएको छ। बैंकको यो कदमले डिजिटल बैंकिङमा प्रतिस्पर्धात्मक धार थपेको छ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१