२५ बैशाख २०८३, शुक्रबार । May 9, 2026

वर्षाले बगायो नेपालको विश्वकप सपना ! अफगानिस्तानलाई फाइदा


६ बैशाख २०८२, शनिबार  

72
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएको छ।

शनिबार बिहान ९ बजेबाट काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सुरु हुने तालिका रहे पनि मौसमले खेल हुन दिएन। यससँगै अंक बराबरी भए पनि रनरेटमा पछि परेपछि नेपाल यू–१९ टोलीको विश्वकप यात्रा अधुरै रह्यो। नेपाल र अफगानिस्तान दुवैले अघिल्ला तीन खेलमा युएई, ओमान र हङकङलाई पराजित गरेका थिए।

अन्तिम खेल जितेर विश्वकपमा स्थान बनाउने दुवैको योजना वर्षाले तोडिदियो। तर, रनरेटमा अफगानिस्तान अगाडि रहेकाले उसैले विश्वकपको टिकट हात पार्‍यो। नेपालका लागि उत्कृष्ट प्रदर्शन गरे तापनि मौसमले अन्त्यमा खेल बिगारिदिँदा समर्थकहरू निराश भएका छन्।

यू–१९ टोलीको मनोबल भने अझै उच्च रहेको जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१