५ बैशाख २०८३, शनिबार । April 19, 2026

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !


५ बैशाख २०८२, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर भट्टको नाम अघि सारिएको विषयमा सर्वोच्च अदालतमा पुरक रिट निवेदन दर्ता गरिएको छ।

डा. भट्टले हालै बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनलाई गभर्नर बनाउन सरकारी तयारी भइरहेको आशंका गर्दै शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पुरक रिट निवेदन दर्ता गराएका हुन्। यसअघि, सरकारको मापदण्ड संशोधनले गभर्नर नियुक्तिमा प्रभाव पार्ने भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो।

सोही रिटमाथि सर्वोच्च अदालतले मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्दै संशोधित मापदण्ड कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो। रिट निवेदकहरूले सत्तारूढ दलहरूले गभर्नर पदमा राजनीतिक भागबण्डा गरेको आरोप लगाएका छन्।

प्रहरी महानिरीक्षक (आईजीपी) र गभर्नर पद कांग्रेस र एमालेबीच बाँडफाँड गरिएको चर्चा सार्वजनिक भएपछि सोही विषयलाई आधार मानी पुरक निवेदन दायर गरिएको हो। अब आइतबार सर्वोच्च अदालतले पुरानो रिटसहित नयाँ पुरक निवेदनमाथि पनि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

त्यसै अवसरमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे पनि निर्णय हुने बताइएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित