९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !



काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर भट्टको नाम अघि सारिएको विषयमा सर्वोच्च अदालतमा पुरक रिट निवेदन दर्ता गरिएको छ।

डा. भट्टले हालै बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनलाई गभर्नर बनाउन सरकारी तयारी भइरहेको आशंका गर्दै शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पुरक रिट निवेदन दर्ता गराएका हुन्। यसअघि, सरकारको मापदण्ड संशोधनले गभर्नर नियुक्तिमा प्रभाव पार्ने भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो।

सोही रिटमाथि सर्वोच्च अदालतले मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्दै संशोधित मापदण्ड कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो। रिट निवेदकहरूले सत्तारूढ दलहरूले गभर्नर पदमा राजनीतिक भागबण्डा गरेको आरोप लगाएका छन्।

प्रहरी महानिरीक्षक (आईजीपी) र गभर्नर पद कांग्रेस र एमालेबीच बाँडफाँड गरिएको चर्चा सार्वजनिक भएपछि सोही विषयलाई आधार मानी पुरक निवेदन दायर गरिएको हो। अब आइतबार सर्वोच्च अदालतले पुरानो रिटसहित नयाँ पुरक निवेदनमाथि पनि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

त्यसै अवसरमा अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे पनि निर्णय हुने बताइएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी