२ माघ २०८२, बिहिबार । January 15, 2026

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई सरकारले तोकेको समयसीमाभित्र दर्ता हुन आग्रह गर्दै त्यसअनुसारको पालना नभए प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

शुक्रबार राजधानीमा सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका फेसबुक लगायतका सबै सामाजिक सञ्जालले मुलुकको कानुनको पालना गर्नुपर्ने बताएका हुन्। सरकारले चैत ७ गते सूचना प्रकाशित गर्दै एक महिनाभित्र दर्ता हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको थियो।

पछि थप गरिएको समयसीमा पनि सकिनै लाग्दा अधिकांशले अझैसम्म दर्ता प्रक्रिया पूरा नगरेको मन्त्री गुरुङको भनाइ थियो। उनले स्पष्ट पारेअनुसार सामाजिक सञ्जाल नियमनका लागि ल्याइएको कानुनी व्यवस्था कुनै प्लेटफर्म बन्द गर्ने उद्देश्यले नभइ जिम्मेवार र उत्तरदायी बनाउने हेतुले गरिएको हो।

मन्त्री गुरुङका अनुसार, यदि सामाजिक सञ्जालहरूले सरकारको निर्देशनको पालना नगरे समयमै आवश्यक कदम चालिनेछ, जसमा प्रतिबन्ध पनि हुन सक्नेछ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले