५ चैत्र २०८२, बिहिबार । March 20, 2026

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !


४ बैशाख २०८२, बिहिबार  

30
Shares

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ। अमेरिका डिपोर्ट भई भुटान हुँदै नेपाल प्रवेश गरेका ती व्यक्तिहरू अहिले झापामा थुनामा छन्।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ। उनीहरूलाई जबरजस्ती देश निकाला गर्न नपाइने भन्दै हाललाई कारबाही प्रक्रिया रोकिएको हो।

मानवअधिकार र अन्तर्राष्ट्रिय शरणार्थी मापदण्डको उल्लंघन हुने भन्दै नारायणकुमार सुवेदीसहित चार जनाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले उक्त आदेश दिएको हो।

यो निर्णयले शरणार्थी व्यवस्थापनमा कानूनी प्रक्रिया र मानवीय पक्षको ख्याल राख्न आवश्यक रहेको सन्देश दिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा