२५ माघ २०८२, शनिबार । February 8, 2026

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते राजधानीको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार नागरिकका अधिकारमाथि अंकुश लगाउन उद्दत भएको आरोप लगाए।

“सरकार नागरिकका मौलिक अधिकारहरू कुन्ठित पार्ने प्रयासमा छ,” अध्यक्ष लिङ्देनले भने, “त्यसको प्रतिकारस्वरूप हामी निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्न बाध्य भएका छौं।”

उनका अनुसार वैशाख ७ को कार्यक्रम कुनै साधारण सभा नभई सरकारविरुद्धको कडा विरोधको रूपमा हुनेछ। उनले थपे, “यो केवल सुरूवात हो, अबको आन्दोलन अझ सशक्त बन्छ।”

राप्रपाले आन्दोलनलाई क्रमशः तीव्र बनाउने तयारी गरिरहेको छ। विशेष समितिको बैठकमार्फत अन्य कार्यक्रमहरू पनि चाँडै सार्वजनिक गरिने बताइएको छ। साथै, पार्टीले वैशाख २० गतेभित्र आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निःशर्त रिहा नगरिए थप उग्र आन्दोलनको चेतावनी दिएको छ।

सरकार र सुरक्षा निकायले प्रदर्शन रोक्न कडा कदम चाल्न सक्ने संकेत गरिरहेका बेला राप्रपाको यो निर्णयले राजधानीमा राजनीतिक गतिविधि थप तातिने देखिन्छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल