९ श्रावण २०८३, शनिबार । July 25, 2026

बाल यौन दुर्व्यवहार आरोपमा सफाइ: रामबहादुर बम्जन उच्च अदालतको फैसलापछि रिहा


४ बैशाख २०८२, बिहिबार  

30
Shares

काठमाडौं । उच्च अदालत जनकपुरले लामो समयदेखि बाल यौन दुर्व्यवहार आरोपमा जेलमा रहेका रामबहादुर बम्जनलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत सर्लाहीको पूर्व फैसलालाई उल्ट्याउँदै बम्जनसहित अन्य दुई जनालाई आरोपमुक्त गरेको हो।

यो फैसलापछि सिन्धुपाल्चोक कारागारमा थुनामा रहेका बम्जन चैत ७ गते बिहानै रिहा भएका हुन्।

बम्जनमाथि रौतहटकी गंगामाया तामाङले आफूमाथि बाल्यकालमा भएको यौन शोषणको आरोप लगाउँदै १८ वर्ष पुगेपछि जाहेरी दिएकी थिइन्। घटनाको मिति २०७३ साउन २० गते देखाइएको थियो भने जाहेरी २०७६ असोज २३ मा दर्ता गरिएको थियो।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर बम्जनले आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका थिए, जसमा अदालतले मुद्दाको आधारमा नै कानुनी त्रुटि रहेको ठहर गरेको हो।

उच्च अदालतको ठहरमा उल्लेख गरिएको छ कि जाहेरी कानुनी हदम्याद उल्लङ्घन गर्ने किसिमको भएकाले मुद्दा अमान्य ठहरिन्छ। अदालतले ‘वादीकर्ता नेपाल सरकारको पुनरावेदन दाबी कायम हुन नसक्ने’ भन्दै बम्जनलाई सफाइ दिएको हो।

यससँगै, विवादमा रहेका बम्जनले अब स्वतन्त्र जीवन बिताउने बाटो खुलेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर