४ असार २०८३, बिहिबार । June 18, 2026

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न


४ बैशाख २०८२, बिहिबार  

255
Shares

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा तथा बर्दघाट नगरपालिकाको सहयोग र पतञ्जलि योग समिति त्रिनेत्रधाम जिमिरेभारको सहकार्यमा बर्दघाट – १४ स्थित सभाहलमा सञ्चालित पाँच दिने निःशुल्क योग विज्ञान शिविरको तेस्रो दिनको कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ।

शिविरमा बर्दघाट – १४ का वडाध्यक्ष तथा नगर प्रवक्ता सन्तु गाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा त्रिनेत्र केन्द्रका अध्यक्ष चिरञ्जीवी सुवेदी, पतञ्जलि योग समिति जिल्ला कार्यसमितिका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जिमिरेभार, गोपिगञ्ज, पञ्चनगर, बर्दघाट – १३ लगायतका केन्द्रहरूबाट आएका योग साधक–साधिकाहरूको सक्रिय सहभागिता रहेको शिविरमा तेस्रो दिनको प्रशिक्षण नवलपरासी महिला पतञ्जलि योग समितिकी अध्यक्ष जीवनकला गौतम भुसालले दिइन्।

उनले शरीर, मन, भावना र चेतनाको समुचित विकासले मात्र पूर्ण स्वास्थ्य प्राप्त हुने बताउँदै भनिन्, “ठूला घर र बाटोघाटो मात्रै विकास होइन। मानव सभ्यता, चरित्र, भावना र स्वास्थ्यको विकास पनि उत्तिकै महत्वपूर्ण छ। जब शरीर, मन, भावना र चेतना शुद्ध हुन्छन्, तब मात्र असल नागरिकको निर्माण सम्भव हुन्छ।”

शिविर मार्फत व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको आयोजकले जनाएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ११ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा