२२ फाल्गुन २०८२, शुक्रबार । March 7, 2026

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा


३ बैशाख २०८२, बुधबार  

27
Shares

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन चितवनको सौराहामा सम्पन्न भएको छ।

झण्डै १ हजार ४०० प्रतिनिधिहरूको सहभागिता रहेको यस महाधिवेशनले संस्था भित्रको नेतृत्व विकाससँगै अन्तर्राष्ट्रिय स्तरका प्रतिनिधित्वका लागि महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। महाधिवेशनले सन् २०१५र१६ मा उत्कृष्ट डिस्ट्रिक्ट गभर्नरको रूपमा विश्वभरबाट सम्मानित तथा निजी विद्यालय संगठन प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका लायन डीके ढुङ्गानालाई लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवारका रूपमा सर्वसम्मत ध्वनिमतबाट अनुमोदन गरेको छ।

महाधिवेशनकै क्रममा लायन वर्ष २०२५र२६ का लागि नयाँ नेतृत्वको पनि चयन गरिएको छ। डिस्ट्रिक्ट गभर्नर पदमा लायन नवराज सापकोटा निर्वाचित भएका छन् भने प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन प्रभाकर पण्डित र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा लायन दिपेन्द्र खतिवडा निर्वाचित भएका छन् ।

नव निर्वाचित डिस्ट्रिक्ट गभर्नर सापकोटाले आगामी कार्यकालका लागि लायन डा। गङ्गा सापकोटालाई डिस्ट्रिक्ट सचिव र लायन विकास पौडेललाई डिस्ट्रिक्ट कोषाध्यक्षका रूपमा मनोनयन गरेका हुन् । कार्यक्रम लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर का डिस्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा लायन्स अन्तर्राष्ट्रियका पूर्व निर्देशक लायन सञ्जय खेतानको उपस्थिति रहेको थियो।

नेपालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा अन्धोपन निवारणका क्षेत्रमा लायन्स क्लबले उल्लेखनीय योगदान दिँदै आएको छ। साथै, प्राकृतिक प्रकोप र विपद्का समयमा समेत यस संस्थाको सक्रिय उपस्थिति रहेकोले सामाजिक उत्तरदायित्वमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।

सौराहामा सम्पन्न तेस्रो महाधिवेशनले लायन्सको सेवा भावना, नेतृत्व विकास र अन्तर्राष्ट्रिय समन्वयको मार्गमा अझ सशक्त पाइला चालेको स्पष्ट देखिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по